logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विमानस्थलमा प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउतले किन मागिन माफी ?


अंकुरण खबर
702
Shares

काठमाडौं – गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवाद अहिले चर्चाको विषय बनेको छ ।

विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्। शुक्रबार दिउँसो फेसबुक लाइभमा राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्।

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभा आएकी हुन्।

विमानस्थल घटनाबारे आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी छन्। लाइभमा उनले आफू आक्रोशित हुँदा बोलेका शब्दप्रति माफीसमेत मागेकी छन्।‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु’, उनले भनेकी छन्, ‘तर, ममाथि दुर्व्यवहार भएकै हो।’

विमानस्थलमा के भएको थियो ?

झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले ड्युटीमा रहेकी प्रहरीले सुरुमा ‘ज्याकेट खोल्नुहोस्’, दोस्रोपटक ‘ज्याकेट खोल’ फेरि ‘भनेको सुनिनस् ?’ भनेपछि आफू आक्रोशित भएको दाबी गरेकी छन्।

उनले आफ्नो प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा जबरजस्ती कफी ब्यागभित्र हाल्न खोजेका कारण आफूले संयम्मता गुमाएको उनले बताएकी छन्। उनले केही शब्द सम्यमित भएर बोल्न सक्ने अवस्था नरहेको भन्दै उनले माफी मागेकी हुन्।

मैले लाइभमा अलिकति सम्यमता अपनाउन सक्थेँ। तर त्यो भएन’, उनले भनिन्, ‘म भन्छु मलाई दुर्व्यवहार भएको हो। आम मान्छेले भनेको भएर ममाथि आलोचना बढेको हो। सर्वसाधारण भएको भए सही भन्नुहुन्थ्यो होला। म कसैको मन दुःखेको भए माफी चाहन्छु।’

विमानस्थलको सीसीटीभी फुटेज पनि बाहिरिएको छ, सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ।