काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र क्याम्पसहरुलाई कृषिसँग जोड्नुपर्ने बताएका छन् ।
संसदको दिगो विकास समिति बैठकमा मन्त्री भुसालले नेपालमा कृषिसम्बन्धि अध्ययनरअध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको बताए ।
उनले बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको बताए । छलफलमा सांसदहरुले नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको भन्दै मन्त्री भुषालसँग जिज्ञासा राखेका थिए ।