पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष सातदिने समय दिएको छ।
कोषले सूचना जारी गर्दै पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा बनाइएका टहराहरु हटाउन कोष सक्रिय भएर लागेको हो। पशुपतिभित्र व्यापार तथा बसोबास गर्नेले गर्दै कोषसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि सैयौ. मानिस आफुखुसी बस्दै आएका छन्। उनीहरुले गर्दा पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । कोषले आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माघ ७ गतेसम्मको समय दिएको छ । कोषले निर्धारित समयभित्र पनि अटेरी गरेमा आफैंले त्यस्ता संरचना हटाउने चेतावनी दिएको छ ।