logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजैबाट मौसममा सुधार आउने


अंकुरण खबर
1.261K
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मौसममा सुधार आउने छ केही दिनदेखि जारी वर्षा र हिमपातका कारण कष्टकर बन्दै गएको जीवन आजबाट सामान्य अवस्थामा फर्कनी महाशाखाले जनाएको छ ।

गत बुधबारबाट देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ ।

काठमाडौं उपत्यका लगाएत केही भागमा शनिबार दिउसोबाट घाम लागे पनि हिमाली भेगमा भने आज पनि हिमपात र चिसो बढ्ने छ।