अन्नपूर्ण आधार शिविरमा घुम्न गएका ४ कोरियाली नागरिक र २ नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ । लगातारको वर्षाका कारण उनीहरुको उद्धारमा समेत समस्या परेको छ । उद्धार गरिएका सबैलाई मौसममा सुधार आउन साथ हेलिकप्टरमार्फत पोखरा ल्याइने कास्की प्रहरीले जनाएको छ ।
अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली घटना स्थल पुगेका छन् । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।