logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस


अंकुरण खबर
1.612K
Shares

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारीको नाम सिफारिस भएको छ । दुई आयोगका पदाधिकरीको सिफारिस गर्न गठित समितिले शनिबार कानु्नमन्त्रीमार्फत पदाधिकारीको सिफारिस गरेको हो।

सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस गरिएको छ । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ । सिफारिस भएका पदाधिकारीको नाम अब बस्ने मन्त्रिपरिषद् बैठकले अनु्मोदन गर्नेछ ।