राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।
शनिबार राप्रपाको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला, प्रचण्ड हुँदै केपी ओलीसम्म हुँदासम्म सबै सरकारले यो अनुदान सहायता लिन प्रयास गरेको भन्दै एमसीसी राष्ट्रहितमा रहेको तर्क गरे।
उनले यो परियोजना इण्डोप्यासाफिक रणनीतिसँग सम्बन्ध नरहेको पनि दावी गरे। यस परियोजनाले नेपालमा पाँच वर्षभित्र अर्बौ रुपैयाँ खर्च गर्ने सहमति भएको थापाले बताए। थापाले नेपालको स्वाभिमान, स्वाधिनतामामाथि एमसिसी सम्झौताले खलल नपार्ने भन्दै विकासविरोधी तत्वहरूले विरोध गरेको बताए।
एक अर्को प्रशंगमा अध्यक्ष थापाले अहिले सक्तारुढ दलकै कारण संसदको गरिमामा प्रश्न उठेको र जतिसक्दो छिटो सभामुख चयन गर्नु पर्ने बताए ।