logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्नपूर्ण क्षेत्रमा हराएका ७ जनाको अवस्था अझै अज्ञात, दुई सय बढीको उद्धार


अंकुरण खबर
1.105K
Shares

कास्कीको अन्नपूर्ण (एबिसी) र माछापुच्छ्रे आधार शिविर (एमबिसी) पदमार्गमा फसेका डेढ सयभन्दा बढी पर्यटक तथा गाइडहरुको उद्धार गरिएको छ।

बिहीबारदेखि परेको हिमपातका कारण पदमार्गमा पर्यटक फसेको तथा केही हराइरहेको खबर आएको थियो। सिम्रिक इयर पोखराले शनिबार उनीहरुलाई उद्धार गरेको हो।

उद्धार भएकाहरुमा ४० जना जति नेपाली रहेको बताएको छ । नेपाली–विदेशी पर्यटक, गाइड, पोर्टर, होटल व्यवसायी समेत गरी १५ भन्दा बढी फ्लाइटमा पोखरा विमानस्थलमा सुरक्षित उद्धार गरिएको उनले बताए। हिड्न सक्नेलाई अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमै छाडिएको छ।

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार हराएका ४ कोरियालीसहित ५ जनाको अझै पत्ता लागेको छैन्।

सम्पर्कमा नआएका ४ कोरियाली र नेपाली गाइड सरोज परियार छन्। कोरियाली नागरिक लि मिन सु ९पुरुष०, जिन पिल बोङ (पुरुष), किम सुक जा ९महिला० र छोइ ह्यो वन (महिला) हराएको ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल ९टान० पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

११ जनाको समूहमा गएका कोरियाली मध्ये ७ जना मात्र सम्पर्कमा आएका थिए। बाँकीको खोजीको लागि कोरियाली दूतावासले हेलिकप्टर पठाए पनि हिमपातका कारण उद्धारमा कठिनाइ भएको छ।

पदमार्गमा अन्य पनि हराएको हुन सक्ने आशंका छ। यति नै संख्यामा बेपत्ता भएको भन्ने यकिन हुन सकेको छैन।