logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पानी र हिउँ परेपछि देशभरिकै तापक्रम घट्यो, आजको तापक्रम कति डिग्री?


अंकुरण खबर
1.248K
Shares

पानी र हिउँ परेपछि देशभरिकै तापक्रम घटेको छ । देशका विभिन्न ठाउँको तापक्रम आज शनिबारभन्दा ३ डिग्री सेल्यिससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज आइतबार २ डिग्रीले घटेको छ । काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

यसैगरी शनिबार माइनस शून्य दशमलव १ डिग्री सेल्सियस रहेको जुम्लाको आज बिहानको तापक्रम माइनस २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार ९ डिग्री सेल्सियस मापन गरिएको पोखराको तापक्रम आज बिहान ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै शनिबार न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको आजको बिहानको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।

धेरै ठाउँको तापक्रम घटे पनि नेपालगञ्जको तापक्रम भने शनिबारभन्दा ५ डिग्री सेल्सियसले बढेको छ । हिजो न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जको तापक्रम आज बिहान १४ दशमलव ४ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

यसैबीच केही दिनदेखि वर्षा र हिमपात गराएको मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।

उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना छ तर पानी वा हिउँ पर्ने सम्भावना भने नभएको बताइएको छ।