logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी , पक्राउ गर्ने तयारी


अंकुरण खबर
1.339K
Shares

गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको छ । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।  प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको छ ।

महानगरीय प्रहरी परिसरले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए । मुद्दा दर्तालगत्तै प्रहरीले राउतलाई पक्राउ गर्ने तयारी गरेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थमा हुँदै भद्रपुर जाने क्रममा सुरक्षा चेकजाँचका गर्ने महिला प्रहरीसँग विवाद भएको थियो ।

विवादको विषयलाई लिएर राउतले फेसबुक लाईभ गर्दै प्रहरीलाई गाली गरेपछि विवाद बाहिर आएको हो । विमानस्थल सुरक्षा जाँचको भिडियोसमेत सार्वजनिक भएको छ ।

अभद्र व्यवहारमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ । दोषी गठर भए एक वर्ष जेल सजाय र १० हजार जरिमाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।