logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

वर्षा र हिमपातपछिको पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध


अंकुरण खबर
1.04K
Shares

अमरगढी नगरपालिका-६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् ।

लगातारको वर्षा र हिमपातपछिको पहिराले तीन जिल्ला बैतडी, बझाङ र दार्चुलादेखि आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।