logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो


अंकुरण खबर
2.08K
Shares

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साह थपिएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि दोहोरो अंकले बढेको हो ।

साताको पहिलो दिन नेप्से परिसूचकमा ३३ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ४३ अंकमा कायम भएको छ भने कारोबार रकम दुई अर्ब नाघेको छ ।

आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार १२ करोड १५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १० करोड ८५ लाख रुपियाँ बराबरको भएको छ ।

आज व्यापारमूलक समूहमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने जीवन बीमा र निर्जीवन बीमा समूहको सूचकमा छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ । आज सेयर बजार परिसूचकका बाँकी अधिकांश समूहका सूचकमा एकदेखि पाँच प्रतिशतसम्मकोे सुधारले बजार नै हरियाली भएको देखिन्छ ।

आज धेरै फाइदा कमाउनेमा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतभन्दा धेरैले फाइदामा गएको छ । र धेरै घाटा व्यहोर्नेमा स्वाभिमान लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ६९ प्रतिशतले घाटामा गएको छ ।