प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्।
मुख्यमन्त्री राईले आइतबार चार राज्यमन्त्री रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासलाई नियुक्त गरेका हुन् ।
मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गुरूङ भौतिक पूर्वाधार विकास, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका हुन्।
प्रदेश सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छैनन्। यी दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राईले नै सम्हालिरहेका छन्। नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।