logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछानेसहित तीनै जना निर्दोष ठहर, चितवन जिल्ला अदालतले दियो सफाई


अंकुरण खबर
806
Shares

पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या प्रकरण’मा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना निर्दोष ठहरिएका छन् ।

आइतबार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

न्यायाधीश रावलले तीन जनालाई सफाइ दिएको पुष्टि गरे । दुरुत्साहनको मुद्दामा पक्राउ परेका लामिछानेसहित पत्रकार कँडेल र कार्कीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो ।

जिल्ला अदालत चितवनका न्यायाधीश रावलकै इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो।