नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा सहभागी भएर बाहिरिने क्रममा पार्टीका महासचिव समेत रहेका विष्णु पौडेलले सापकोटालाई सभामुख पदमा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको बताए।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर सहयोग गर्ने अपेक्षा पार्टीले लिएको समेत उनले बताए। डा. तुम्बाहाङ्फेले नेकपाले सभामुख उम्मेदवार तय गरेपछि मात्र उपसभामुख पदबाट राजीनामा दिने बताउँदै आएकी थिइन्।