logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्‍नपूर्ण क्षेत्रमा अझै ७ जना बेपत्ता,खराब मौसमका कारण उद्धारमा समस्या


अंकुरण खबर
1.703K
Shares

माघ ३ गतेबाट अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परि हराएका चार कोरियाली र तीन नेपाली नागरिक अझै भेटिएका छैनन् । केही पर्यटकहरु पहिरो छलेर सुरक्षित ठाउँमा आउन सफल भएपनि यी सात जना भने पहिरोकै कारण बेपत्ता छन् ।

नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा तामाङ र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन बेपत्ता भएका हुन् । उनीहरुको उद्धारमा खटिएको टोलीले खराब मौसमका कारण अझै खोजी गर्न नसकिएको बताएको छ । उद्धारको लागि गएको टोली नै हिमपहिरोको जोखिम बढेपछि पोखरा फर्किएको छ । पर्यटकहरु हराएको क्षेत्रमा सडक र संचार सुविधा छैन।

त्यस्तै मनाङको थोरङला पास गर्ने क्रममा बेपत्ता भएका चार चिनिया पर्यटक आइतबार सम्पर्कमा आएका छन्। पुस २७ गते त्यहा गएका उनीहरु लामो समयसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजी सुरु गरेको तर कुनै सूचना पाउन सकेको थिएन् । तर उनीहरु आइतबार सम्पर्कमा आएका छन्।