logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुन–कुन क्षेत्रमा बदली र  हिमपातको सम्भावना ?


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – देशभरको मौसम सुधार हुने क्रममा रहे पनि र सोमबार दिनभरजसो अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ । यसले गर्दा अहिले पूर्वी भूभागमा सामान्यतया बदली भएको छ । यस्तै पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

सोमबार दिउँसो पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।