त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग सोमबार ठोक्किएपछि बुद्ध एयरको उडान रद्द भएको छ ।
विमानस्थलका अधिकारीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाजको ठोक्काइबाट दुवै जहाजमा सामान्य क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पैहरीले जनाएको छ ।