काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिएकी छन् ।
सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुखको हैसियसले बैठक सञ्चालन गरेकी उनले संक्षिप्त सम्बोधन गर्दै राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्ने बताएकी हुन् ।
पार्टीले सभामुखको उम्मेद्वार चयन गरेपछि मात्रै आफुले राजीनामा दिने भनेको बताउदै उनले सभामुख चयन भइसकेको अवस्थामा आफुले मार्गप्रसस्त गर्ने बताइन् । संबोधनमा क्रममा उनले कसैले आफ्नो धरातल भूल्न नहुने तर्क गरिन् ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
तुम्बाहाम्फेको पाँच वर्षको कार्यअवधि भएपनि सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने संवैधानिक प्रावधानका कारण उनले राजीनामा दिनु पर्ने अवस्था आएका हो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपरान्ह ४ बजे बोलाइएको छ ।