logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता


अंकुरण खबर
1.222K
Shares

वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा. शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो ।

सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ छन् ।