मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा अगलागी हुँदा रु २० लाखको क्षति भएको छ।
आज बिहान ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्।
प्रहरी र स्थानीयवासीको सहयोगबाट आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।