काठमाडौं – साताको दोश्रो दिन आज सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ५४ अंकले घटेको छ ।
नेप्से परिसूचक २६ दशमलव ५४ अंकले घटेर १ हजार ३ सय १७ दशमलव ११ अंकमा कायम भएको छ भने कारोबार रकम १ अर्ब ९७ करोड ३८ लाख ७ हजार ९९३ रुपियाँ भएको हो।
आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार २० करोड ९२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनसीसी बैंक रहेको छ । जसको कारोबार १३ करोड ३२ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज व्यापारमूलक समूहमा छ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने हाइड्रोपावर, फाइनान्स र होटल समूहको सूचकमा तीन प्रतिशतभनदा धेरैले आराले लागेका छन् भने अधिकांश समूहको सूचकमा एकदेखि दुई प्रतिशतसम्मको गिरावटले बजार नै राताम्मे भएको छ ।
आज धेरै फाइदा खानेमा मल्टिप्रपोज फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ७७ प्रतिशतले फाइदामा गएको छ । र धेरै घाटा व्यहोर्नेमा सामूदायिक लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ६४ प्रतिशतले घाटामा गएको छ ।