जिल्ला प्रहरी कार्यालय बाजुराले डेढ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ रजालिकाका वडा सदस्य ४० वर्षीय श्याम खड्का र गौमूल गाउँपालिका-१ का २८ वर्षीय देवहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीहरू दुवै जनालाई आइतबार साँझ बडिमालिका नगरपालिका-९ गैरीबजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
चरेससहित पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गतको सजायको माग दाबीसहित बाजुरा जिल्ला अदालत बाजुरामा मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।