logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखका लागि आज उम्मेदवारी दर्ता हुने, निर्वाचन १२ गते


अंकुरण खबर
754
Shares

काठमाडौं – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पद पूर्तीका लागि आज उम्मेद्वारी दर्ता हुनेछ।

सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।  तर सभामुख पदको निर्वाचन भने यही माघ १२ गते हुने समय तालिकामा उल्लेख गरिएको छ।

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका थिए।  साथै उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन पनि दिए।

प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते अपरान्ह तीन बजेका लागि बोलाइएको छ।