logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दामनस्थित पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिए आठ भारतीय पर्यटक


अंकुरण खबर
936
Shares

काठमाडौं – मकवानपुरको थाहा नगरपालिका स्थित दामनमा रहेको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् ।

मंगलबार विहान बेहोस भेटिएका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । थाहा नगरपालिका ४, दामनमा रहेको एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले जनाएको छ ।

प्रहरीका अनुसार, भारतीय पर्यटक ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।

बेहोस हुने पर्यटकबारे विस्तृतमा नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।