नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेट वार्ता भएको छ ।
मंगलबार बिहान प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा उपसभामुख निर्वाचनका विषयमा कुरा भएको पौडलेले जानकारी दिएका छन् ।
पौडेलले भने, ‘म र प्रचण्डजीबीच भेटवार्ता भएको हो । भेटवार्तामा उपसभामुखको बारेमा कुरा भएको छ । मैले उपसभामुख नेपाली कांग्रेसलाई दिन प्रस्ताव गरेँ । उहाँले मेरो प्रस्ताव सकारात्मक रुपमा लिनु भएको छ । उहाँले उपसभामुख कांग्रेसलाई दिँदा आफूलाई कुनै समस्या नहुने बताउनु भयो ।’
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार सचिवालयको बैठकबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । लामो रस्साकस्सीकाबीच सभामुख टुङ्गो लगाएपनि उपसभामुख कसलाई बनाउने भन्न टुंगो लागेको छैन ।
आजको भेटमा संक्रमणकालीन कानुनका बारेमा पनि कुरा भएको पौडेलले बताए । यदि प्रचण्डले भनेको नेकपाले मानेमा उपसभामुख नेपाली कांग्रेसले पाउने पक्का भएको छ ।