logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दामन होटल घटना अपडेट : बेहोस भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु


अंकुरण खबर
4.342K
Shares

मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठै जना भारतीय पर्यटकको मृत्यु भएको छ  ।

मंगलबार बिहान होटलमा उनीहरूलाई बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई  खबर गरेका थिए । बेहोस भेटिएका ती पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याएर हेम्स अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गरिए पनि उनीहरु सबैको मृत्यु भएको छ ।

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ४ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत भने भएको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।

भारतको केरलाबाट १५ जनाको समूह नेपाल घुम्न आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।