logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरबाट सालकको खपडा सहित ३ जना पक्राउ


अंकुरण खबर
1.95K
Shares

मकवानपुर प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१ का ३० वर्षीय गौरव गौतम, कृष्णबहादुर गोले र वडा नम्बर ११ का ४८ वर्षीय सूर्य लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको साथबाट दुई किलो १९० ग्राम खपटा बरामद गरिएको छ ।

पक्राउ परेको तीनै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तो केशमा ५ लाखदेखि १० लाखसम्म जरीवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान रहेको छ ।