logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दामन होटल घटना अपडेट : रिर्सोटमा बेहोस भएर मृत्यु भएका आठै जना पर्यटकको पहिचान खुल्यो


अंकुरण खबर
923
Shares

मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना पर्यटकको पहिचान खुलेको छ ।

भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा भारत केरला बस्ने वर्ष ३८ रञ्जित कप, वर्ष ३४ इन्द्र, वर्ष ३७ प्रविन, वर्ष ३२ सरिया, वर्ष ५ अभी , वर्ष ७ अर्चना, वर्ष ५ वैष्णव र वर्ष ९ बन्द्रा रहेका छन् ।

भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनीहरूको समूहमा १५ जना रहेको प्रहरी निरिक्षक कुर्मीले बताए । उनीहरु बा.३ क. ३६८८ नम्बरको बस भाडामा लिएर दामन आएका थिए । १५ जनाले ४ वटा रुम बुक गरी बसेको प्रहरीले जनाएको छ । तीमध्ये मृत्यु भएका ८ जना एउटै कोठामा सुतेका थिए ।

मृत्यु भएकाहरुले कोठामा हिटर बाली सुतेको र मंगलबार बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेको र हेलिकप्टरमार्फत् हेम्स अस्पताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कुर्मीले जानकारी दिए ।