काठमाडौं – आज मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३६ अंकले बढेको छ ।
नेप्से परिसूचक ३ दशमलव ३६ अंकले बढेर १ हजार ३ सय २० दशमलव ४७ अंकमा कायम भएको छ भने कारोबार रकम १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपियाँ भएको छ ।
आज धेरै कारोबार गर्नेमा हिमालयन बैंक प्रमोटर रहेको छ । जसको कारोबार २४ करोड ४६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रोमा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार १० करोड ५२ लाख रुपियाँ बराबरको भएको छ ।
आज व्यापारमूलक समूह र निर्जीवन बीमा समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने जीवन बीमा, उत्पादन मूलक समूह र होटल समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ । म्यूचल फण्ड र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकहरु शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ८२ प्रतिशतले फाइदामा गएको छ । र धेरै घाटा व्यहोर्नेमा एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ४८ प्रतिशतले घाटामा गएको छ ।