logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्विरोध सभामुख भए सापकोटा


अंकुरण खबर
832
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्नि सापकोटा निर्विरोध सभामुख भएका छन् ।

सभामुख पदमा सापकोटबाहेक कसैको उम्मेद्वारी परेन । उम्मेदवारी दिने समय मंगलबार २ बजेसम्मका लागि तोकिएको थियो ।

सभामुख पद हुने निर्वाचनका लागि अग्नि सापकोटा बाहेक अन्य दलबाट उम्मेदवारी नपरेपछि १२ गते मतदान नहुने भएको छ।

सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।