मंगलबार राति खसेको सुक्खा पहिरो पछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा सुक्खा पहिरो खसेको पहिरोले मंगलबार रातीदेखिनै सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी रोकिएका थिए ।
सडकको पहिरो हटाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो । अहिले यो सडक खण्डमा हिउद र वर्षामा दीर्घकालिन ढंगले पहिरो रोक्ने काम भइरहेको छ ।