logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभरको मौसम दिनभर कस्तो रहला ?


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सकिएसँगै देशभरको मौसममा सुधार आएको छ ।

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका तराईका अधिकांश क्षेत्र तथा पहाडी भूभागका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

बुधबार दिनभर अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो कायम रहने सम्भावना छ ।

यस्तै बुधबार राति पनि देशभरको मौसम सामान्यतया सफा रहने छ । अब केही दिन मौसम देशभर सामान्यतया सफा रहने अनुमान मौसमविदले गरेका छन् ।