logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीको डिलाशैनी गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम


अंकुरण खबर
962
Shares

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए ।

डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न सकेको छैन् । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।