logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वयम्भूबाट लाइसेन्स बनाइदिन्छु भनी २ हजार लिने दुई जना पक्राउ


अंकुरण खबर
910
Shares

काठमाडौं – सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराइदिने भनी २ हजार रुपैयाँ लिने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका ६ घर भई ठूलोभर्‍याङ बस्ने वर्ष २५ का मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका ४ घर भई स्वयम्भू बस्ने वर्ष ३८ का गणेश गुरुङ रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ स्वयम्भूबाट उनीहरुलाई नियन्मात्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाईएको जनाइएको छ ।