नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा आज बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्दैछ ।
लिगको १३ औं खेलमा मेलबर्नले एडिलेडसँग उसैको मैदानमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह १:५५ मा सुरु हुनेछ ।
एडिलेडविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ । एडिलेडसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।
यस सिजन सन्दीपले ११ खेलमा १४ विकेट हात पारिसकेका छन् । एडिलेडविरुद्ध मैदान उत्रदा मेलबर्न ११ औं जितको खोजीमा हुनेछ ।