logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आशा सिंह एआइजीमा बढुवा भएसँगै थपियो प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – प्राविधिकतर्फको प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएकी आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार बढुवा भएकी सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका हुन्।

एआइजीमा बढुवा भएसँगै सिंहले प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी पाएकी छिन्। उक्त अवसरमा आइजी खनालले पदोन्नती एआइजी सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।

उक्त अवसरमा पदोन्नती भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन्।