logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद आज चितवनमा


अंकुरण खबर
689
Shares

काठमाडौं – साताव्यापी नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद आज चितवन पुगेकी छन् ।

चितवन र नवलपरासीको भ्रमणका लागि अस्त्रिद आज विहान बुद्ध एयरको विमानबाट भरतपुर पुगेकी हुन् । अस्त्रिदलाई भरतपुर विमानस्थलमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाहलगायतले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

सो अवसरमा राजकुमारी अस्त्रिदले नेपाल भ्रमणका क्रममा आफूले पाएको माया र स्वागतले खुसी भएको प्रतिक्रिया दिईन् ।

आजै नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग पोषण केन्द्रको राजकुमारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

श्रीमानसहित चितवन पुगेकी अस्त्रिदले दुई दिन चितवन राष्ट्रिय निकुन्ज घुम्ने बताइएको छ । आफ्नो भ्रमण पूरा गरी उनी माघ ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।