काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा अतारचढाव भइरहेको छ । मंगलवार बढेको सुनको मूल्य बुधबार भने केही घटेको छ ।
बुधबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ७५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।