logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीपक मनाङे बिरुद्ध एन्फा अध्यक्षले उजुरी हाल्दै


अंकुरण खबर
1.183K
Shares

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको खेल मैदानमै विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)बाट कुटिएका एन्फा कास्कीका अध्यक्ष गुरुङले उनी विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।

अध्यक्ष गुरुङले बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘एन्फामाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ, त्यसलाई प्रमाणित गर्नुपर्‍यो । आरोपमात्रै लगाएर उम्किन त पाइँदैन ।’

अध्यक्ष गुरुङले सांसद भन्दैमा मान्छे कुट्न छुट नभएको पनि बताए । आजै जिप्रकामा जिउधनको सुरक्षासहित कुटपिटविरुद्ध उजुरी दर्ता गर्ने उनले बताए।

अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए । खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनको भनाई छ  ।

‘मनाङबाट खेलाडी आएको धेरै भइसक्यो, न खेल्ने ग्राउण्ड दिन्छ, न खर्च दिन्छ,’ मनाङेले भने, ‘सम्झाउँदा नलागेसी झापड दिएको हुँ ।’ सांसद गुरुङले अध्यक्ष गुरुङलाई पिटेको स्वीकारिसकेका छन्।