काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब मछिन्द्र क्लबसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पुलिस मछिन्द्रसँग १–० ले पराजित भएको हो ।
मछिन्द्रको जितमा रञ्जित धिमालले खेलको ५३ औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गरे । जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पार्दै फेरी शिर्ष स्थानमा उक्लिएको छ ।
मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । पुलिस भने ८ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा यथावत छ ।