logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चित हाँस्य कलाकार माग्ने बुढा ट्राफिक कारवाहीमा


अंकुरण खबर
3.978K
Shares

काठमाडौं – चर्चित हाँस्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा ट्राफिक कारवाहीमा परेका छन् ।

सिट बेल्ट नलगाई सवारी हाकेको भन्दै डिउटिमा खटिएको ट्राफिक प्रहरीले उनलाई कारवाही गरेको हो ।

बुधबार बिहान ग्वोर्कोस्थित निवासबाट निस्किने वित्तिकै ट्राफिक प्रहरीले चिट काटेको हो । कारवाही पश्चात उनी आज महानगरीय ट्राफिक महाशाखा रामशाह पथ पुगेका थिए ।

कारवाहीको क्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको भन्दै ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई उनले धन्यवाद दिएका छन् ।

ट्राफिक उल्लंघन गरेपश्चात लिनुपर्ने ट्राफिक क्लास र तोकिएको जरीवाना समेत उनले तिरेका छन् ।