logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुल बस दुर्घटना : सह-चालकको मृत्यु, पाँच विद्यर्थीका घाइते


अंकुरण खबर
780
Shares

मोरङको धनपालथान गाउँपालिका-६ रामचोकमा बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको विराटनगरस्थित लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सह–चालक विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् । धनपालथान-७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान-४ की २० वर्षीया सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका-४ की १९ वर्षीया लुना गौतम घाइते भएका छन् । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।