logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध सहित १ जना पक्राउ


अंकुरण खबर
884
Shares

झापा अर्जुनधारा ११ बस्ने २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।

बिर्तामोड बुट्टाबारीचौकस्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

यता सुनसरी ईटहरी २ हवाइ चोक बस्ने १८ बर्षीय पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार गरेका छन ।

गएराती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

आमा माथी खुकुरी प्रहार गर्ने कार्कीलाई खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ।