काठमाडौं – नेपाली बजारमा आज बिहीबार फेरी सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपियाँमा कारोवार भएको छ ।