logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुरामको जवाफ-आफैं पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई शरण दिने ? 


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिएका छन् ।

बिहीवार ट्वीट गर्दै बाबुरामले खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिन नसक्ने टिप्पणी गरेका हुन् ।

बाबुरामको यस्तो ट्वीट:

समाजवादी पार्टीका नेता-कार्यकर्तालाई बुधवार पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले बाबुराम, अशोक राई र उपेन्द्र यादवलाई नेकपामै आउन आग्रह गरेका थिए ।