logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको धोविखोला किनारमा भेटियो शिशुको शव


अंकुरण खबर
1.144K
Shares

काठमाडौंको चाबहिलस्थित धोविखोलाको किनारमा एक नवजात शिशुको शव कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा फेला परेको छ।

बिहिबार बिहान आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

शिशुको शवलाई कानूनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् ।