logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेतमा एक वर्षमा ४२ जना नेपाली कामदारको मृत्यु


अंकुरण खबर
819
Shares

सन् २०१९ मा वैदेशिक रोजगारीमा कुवेत पुगेका ४२ जना नेपाली श्रकिमको मृत्यु भएको छ ।

मृत्यु हुने ४२ जनामध्ये ३१ जना पुरुष र ११ जना महिला श्रमिक रहेको कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार एक तिहाईभन्दा बढीले हृदयघातका ज्यान गुमाएका छन् । हृदयघात भई मृत्यु हुने कामदारहरूको संख्या १५ रहेको छ ।

मृतकमध्ये सडक दुर्घटनामा बाट ५, कार्यस्थलको दुर्घटना र आत्महत्याबाट ३ जना, आगलागीमा परि ४ जना, परस्पर झगडाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्युको कारण नखुल्ने कामदारको संख्या ७ रहेको छ । कुवेतमा घरेलु कामदारको रूपमा जाने नेपालीहरूको संख्या धेरै छ ।

कुवेतमा गतवर्ष संस्थागत रूपमा १५ हजार र अन्य तरीकाबाट गरी करिब २६ हजार नेपाली वैदेशिक रोजगारीका लागि पुगेका थिए ।