logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा गिरावट जारी, सबै सूचक राताम्मे


अंकुरण खबर
975
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बिहिवार पनि गिरावट जारी छ । आज नेप्से परिसुचक १५ दशमलव ९५अंकले घटेर एक हजार २५७ दशमलव ४७ कायम भयो भने कारोबार रकम घटेर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपियाँमा सीमित रहेको हो।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार १८करोड ४० लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । जसको कारोबार १५ करोड ५२ लाख रुपियाँ बराबरको भएको छ ।

आज जीवन बीमा र अन्य समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने उत्पादन मूलक, माइक्रोफाइनान्स र म्यूचल फण्डसमूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार राताम्मे भएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ४७ प्रतिशतले फाइदामा गएको छ र धेरै घाटा व्यहोर्नेमा सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ९६ प्रतिशतले घाटामा गएको छ ।