प्रदेश १ मा प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्ति गरेको छ । प्रदेश प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बिहिबार प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नियुक्ति गरेका हुन् ।
प्रदेश सरकारले गरेको सिफारिस अनुसार लोकसेवा आयोगमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई अध्यक्ष र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाल नियुक्त भएका छन् ।